मेटामाथि इयुको कारबाही: बालबालिकाको सुरक्षामा गम्भीर प्रश्न

लन्डन ।  युरोपेली आयोगले सामाजिक सञ्जाल कम्पनी मेटामाथि बालबालिकाको सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै डिजिटल सेवा ऐन (DSA) अन्तर्गत औपचारिक कारबाही प्रक्रिया अघि बढाएको छ। बुधबार सार्वजनिक गरिएको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनअनुसार मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्रामले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई साइन-अप गर्नबाट रोक्न प्रभावकारी संयन्त्र विकास गर्न सकेका छैनन्। आयोगको अनुसन्धानले खाता खोलिसकेका कम उमेरका प्रयोगकर्ताहरूलाई पहिचान गरी हटाउने कार्यमा पनि कम्पनीको सक्रियता न्यून रहेको र बालबालिकाहरू उमेरअनुसार अनुपयुक्त सामग्रीको जोखिममा परिरहेको निष्कर्ष निकालेको छ।

आयोगकी कार्यकारी उपाध्यक्ष हेना विर्ककुनेनका अनुसार सन् २०२४ देखि गरिएको अनुसन्धानले आफ्नै नियम कार्यान्वयनमा मेटाको प्रयास ‘अत्यन्त सीमित’ रहेको देखाएको छ। उनले नियमहरू कागजमा मात्र सीमित नभई प्रयोगकर्ताको सुरक्षाका लागि व्यवहारमै लागू हुनुपर्नेमा जोड दिएकी छन्। यदि यो उल्लङ्घन प्रमाणित भएमा मेटाले आफ्नो विश्वव्यापी वार्षिक आम्दानीको ६ प्रतिशतसम्म भारी जरिवाना तिर्नुपर्ने हुनसक्छ। हाललाई मेटालाई यस निष्कर्षमाथि स्पष्टीकरण दिने अवसर दिइएको छ भने कम्पनीले हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x