डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको प्रमुख कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।

कँडेल पूर्वसञ्चारकर्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कानुनी सल्लाहकार, रविविरुद्धका मुद्धाको लिड लयर तथा गैरआवासीय नेपाली संघ युकेका पूर्वउपाध्यक्ष हुन् ।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने संवैधानिक जिम्मेवारीमा रहन्छन् । साथै, सरकारवादी हुने सबै मुद्दामा बहस पैरवीको नेतृत्वसमेत महान्यायाधिवक्ताले नै गर्छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x