एमाले सचिवालय बैठकमा समसामयिक राजनीति र समानुपातिक सूचीबारे छलफल जारी

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक अहिले जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा तथा समानुपातिकतर्फ सांसद सिफारिसका विषयमा छलफल भइरहेको बताइएको छ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको हो। बैठकमा पार्टी नेतृत्वले निर्वाचन परिणामको समग्र विश्लेषणसँगै आगामी रणनीतिबारे पनि विचार-विमर्श गरिरहेको स्रोतले जनाएको छ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले)ले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिट प्राप्त गरेको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फ चयन हुने सांसदका लागि क्लस्टरअनुसारको सूची बुझाउन राजनीतिक दलहरूलाई तीन दिनको समय दिएको थियो। सोही अनुसार दलहरूले आयोगमा आइतबारसम्म सूची पेश गर्ने तयारी गरिरहेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x