इरान युद्धका कारण युक्रेन ओझेलमा पर्नु ‘ठूलो जोखिम’ भएको राष्ट्रपति जेलेन्स्कीको चेतावनी

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इरानमा जारी युद्धका कारण विश्वको ध्यान युक्रेनमाथिको रूसी आक्रमणबाट मोडिएको स्वीकार गर्दै यसलाई एक गम्भीर चुनौतीका रूपमा चित्रण गरेका छन्। सीएनएनसँगको कुराकानीमा उनले इरानको द्वन्द्व नसकिएसम्म युक्रेनको शान्ति प्रक्रिया अघि बढ्न सक्दैन भन्ने सोचाइ राख्नु “ठूलो जोखिम” हुने चेतावनी दिए। जेलेन्स्कीले विशेष गरी अमेरिकी वार्ता टोलीका प्रमुख स्टिभ विट्कोफ र जेरेड कुश्नरले नै इरान र युक्रेन दुवै देशका मुद्दाहरू हेरिरहेकाले कार्यभारको चाप बढेको उल्लेख गरे। उनले युक्रेनको समस्यालाई ‘पछि’ छलफल गर्ने विषयका रूपमा नलिन आग्रह गर्दै दुवै संकटलाई समानान्तर रूपमा समाधान गर्नुपर्नेमा जोड दिए।

रक्षा सामग्रीको अभावबारे बोल्दै जेलेन्स्कीले अमेरिकी उत्पादन क्षमताको सीमाका कारण युक्रेनले पर्याप्त एन्टी-ब्यालेस्टिक मिसाइलहरू नपाएको र यसले युद्धमैदानमा असर पुऱ्याएको बताए। हतियार आपूर्तिका अतिरिक्त उनले आर्थिक संकटको पाटोलाई पनि उजागर गरे। युरोपेली संघले हालै स्वीकृत गरेको ९० अर्ब युरोको ऋण युक्रेनको “जीवन र अस्तित्व” का लागि अपरिहार्य रहेको उनको भनाइ छ। हंगेरीको चुनावमा भिक्टर ओर्बानको पराजयसँगै तेल आपूर्ति र आर्थिक सहायताको बाटो खुले पनि बजेट अभावकै कारण युक्रेनले आफ्नो पूर्ण क्षमतामा ड्रोन उत्पादन गर्न नसकेको उनले खुलाए। दैनिक २,००० ड्रोन बनाउने क्षमता भए पनि हाल आर्थिक अभावले गर्दा आधा मात्र उत्पादन भइरहेको भन्दै उनले अन्तर्राष्ट्रिय सहयोगको निरन्तरताका लागि अपिल गरे।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x