प्रधानमन्त्री, मन्त्री ९ बजे नै कार्यकक्षमा

काठमाडौं । पछिल्लो समय सरकारी कामकाजलाई चुस्त बनाउन प्रधानमन्त्री र मन्त्री बिहान ९ बजे नै सिंहदरबार पुग्ने अभ्यास सुरु भएको छ। यसले कर्मचारी प्रशासनमा अनुशासन र समय पालनाको सकारात्मक सन्देशसमेत दिएको छ।

प्रधानमन्त्री र मन्त्री समयमै कार्यालय उपस्थित हुनु र जिम्मेवारीपूर्वक काम गर्नुलाई सुशासनको पहिलो सर्तका रूपमा लिइएको छ। प्रधानमन्त्री र मन्त्री नै समयमै कार्यालय आउने र पूरा समय बस्ने भएपछि कर्मचारी स्वतः समयमै कार्यालय पुग्ने गरेको पाइएको छ।

प्रधानमन्त्री र मन्त्री समयमै कार्यालय पुग्दा सरकारी सेवा प्रवाह र प्रशासनमा सकारात्मक प्रभाव पर्नुका साथै यसले विशेष गरी कर्मचारीमा अनुशासन र जिम्मेवारीबोध बढाउनसमेत मद्दत पु-याएको छ। नेतृत्व तहका व्यक्ति समयमै कार्यालय उपस्थित हुँदा तल्लो तहका कर्मचारीलाई समेत समयको पालना गर्न प्रोत्साहन मिल्छ, जसले गर्दा कार्यसम्पादनमा चुस्तता ल्याएको देखिन्छ। त्यसै गरी यसले ढिलासुस्ती कम गर्न र काममा प्रभावकारिता ल्याउनसमेत सहयोग पु-याएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले अहिले प्रधानमन्त्री कर्मचारी आउने समयमा नै कार्यालय पुगी बेलुकासम्म बस्ने गरेको बताउँछन् । उनका अनुसार प्रधानमन्त्री ९ बजे नै कार्यालय पुगी साँझ ५, साढे ५ बजेसम्म बस्छन्। अहिले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा पनि कुनै प्रकारको भेटघाटको कार्यक्रम हुँदैन। कुनै प्रकारको प्रतिनिधिमण्डल, राजनीतिक भेटघाट वा कार्यकर्तासँगको भेटघाट राखिएको हुँदैन। प्रधानमन्त्री कार्यालयको काममा लागेको देखिन्छ। प्रधानमन्त्री उद्घाटन, शिलान्यास, विमोचनलगायतका कुनै किसिमको कार्यक्रममा सहभागी भएको देखिएको छैन।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x