काठमाडौंका तत्कालीन सीडिओ रिजाल पक्राउ

काठमाडौं । काठमाडौंको तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडिओ) छवि रिजाल आज बिहान सुविधानगरबाट पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उनी काठमाडौंका सीडिओ थिए । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

आयोगको प्रतिवेदन र मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x