कांग्रेसका खड्का सार्वजनिक लेखा समितिमा निर्विरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट भरतबहादुर खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । उनलाई रास्वपाले सहयोग गर्ने निर्णय गरेको थियो।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सभापतिका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । शिक्षा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओजस्वी शेरचन र एमालेका तर्फबाट गुरु बरालको उम्मेदवारी परेको हो।

संयुक्त समिति निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गणेश कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x