राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो ।

जसमा पाल्पाका अर्जुन जङ्ग थापा, काठमाडौँका प्रा.डा. सञ्जय आचार्य, काठमाडौँका डा. देवेन्द्र गौचन, काठमाडौँकै रेशु अर्याल, काठमाडौँका प्रा.डा. सुदन झा तथा ललितपुरका डा. पुकार मल्ल रहेका छन् । उक्त जानकारी प्रशासन सिंहदरबार विशेष ब्यूरोलाई प्राप्त भएको छ ।

यसअघि उपाध्यक्ष डा. गुणाकर भट्टको नाम मात्रै सार्वजनिक गरिएको थियो । सरकारले विभिन्न क्षेत्रका विज्ञलाई समेट्दै आयोगमा सदस्य नियुक्त गरेको जनाएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x