नयाँ सरकार नबन्दै प्रधानमन्त्री कार्कीले छाडिन् सिंहदरबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन् । नयाँ सरकार गठन नहुँदै प्रधानमन्त्री कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी हुन् ।

शुक्रवार प्रस्तावित प्रधानमन्त्री बालेन शाह प्रधानमन्त्री पदमा नियुक्ति हुनेछन् । उनको सोही दिन शपथ ग्रहण गर्ने तयारी गरिएको छ ।

नयाँ सरकार र नयाँ प्रधानमन्त्री नबन्दै अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले औपचारिक जिम्मेवारी छाडिसकेकी छन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्की अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आउने छैनन् । स्रोतले दिएको जानकारी अनुसार कार्की सिंहदरबार स्थित कार्यालय गएकी छैनन् । कार्यालयमा रहेका उनका व्यक्तिगत सामग्रीसमेत सचिवालयका कर्मचारीहरूले व्यवस्थापन गरिसकेका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x