लेबनानमा सैन्य दबाब बढाउँदै इजरायल: उत्तरी सुरक्षा नभएसम्म हिजबुल्लाहमाथि प्रहार नरोकिने नेतान्याहूँको चेतावनी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान समर्थित समूह हिजबुल्लाहविरुद्धको सैन्य अभियानलाई ‘सटीकता र दृढता’ का साथ जारी राख्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले इजरायलको उत्तरी क्षेत्रका बासिन्दाहरूको पूर्ण सुरक्षा सुनिश्चित नभएसम्म र विस्थापितहरू घर नफर्किएसम्म आवश्यक परेको जुनसुकै स्थानमा आक्रमण जारी रहने स्पष्ट पार्नुभयो। इजरायली सेनाले दक्षिणी लेबनानमा स्थलगत कारबाही तीव्र पारेको दाबी गर्दै मार्चदेखि नै उक्त क्षेत्रमा नियन्त्रण कायम गर्न लडिरहेको जनाएको छ। पछिल्लो सैन्य कारबाहीका क्रममा इजरायलले लितानी नदी क्षेत्रका रणनीतिक सीमा नाका, १० वटा हतियार भण्डारण केन्द्र र कमान्ड सेन्टरहरूलाई निशाना बनाएको छ।

अर्कोतर्फ, लेबनानमा इजरायली सैन्य कारबाहीले ठुलो मानवीय क्षति पुर्‍याएको छ, जहाँ पछिल्लो २४ घण्टामा २०० भन्दा बढीको मृत्यु र एक हजारभन्दा बढी घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। यस भयावह स्थितिलाई दृष्टिगत गर्दै लेबनान सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गर्दै सार्वजनिक सेवाहरू बन्द गरेको छ र झण्डा आधा झुकाउन निर्देशन दिएको छ। यसैबीच, अमेरिका र इरानको पहलमा दुई हप्ताको युद्धविराम र वार्ताको प्रयास भइरहे पनि हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गर्दै इजरायलले नै सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ। यो बढ्दो क्षेत्रीय तनावले मानवीय सङ्कट मात्र नभई विश्व अर्थतन्त्रलाई समेत अनिश्चिततातर्फ धकेलेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x