कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

काठमाडौँ । कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् ।

कुवेतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपालीले अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ ।

कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएर कुवेतमा बसोबास गर्ने नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने भएका हुन् ।

भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने दूतावासले जनाएको छ ।
साउदी भिसाका लागि अनलाइन मार्फत आवेदन दिन अनुरोध गरिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x