रास्वपाको बैठक आज, संसदीय दलको नेतामा बालेन शाह चयन हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज अपराह्न केन्द्रीय समितिको बैठक डाकेको छ। प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि वनस्थलीस्थित पार्टी कार्यालयमा हुने बैठकले संसदीय दलको नेता चयन गर्नेछ।

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेतामा चयन गर्ने तयारी रहेको सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए। रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा शाहलाई नै भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो।

बैठकमा संसदीय दलको नेतासहित अन्य संसदीय पदाधिकारीबारे पनि छलफल हुने बताइएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x