पाकिस्तानमा मनसुनी वर्षा र बाढीको कहर: मृतकको सङ्ख्या १०० नाघ्यो, थप भारी वर्षाको चेतावनी

इस्लामाबाद । विगत एक महिनायता पाकिस्तानमा जारी मनसुनी वर्षा र आकस्मिक बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १००० नाघेको छ। मौसमविद्हरूले यो साताको अन्त्यतिर देशभर थप भारी वर्षा हुने चेतावनी दिएका छन्।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार गत जुन २६ यता देशभर १०९ जनाको ज्यान गइसकेको छ। अधिकांश मानिसको मृत्यु घर र छत भत्किँदा भएको छ। कुल मृतकहरूमध्ये करिब आधा अफगानिस्तानको सीमा नजिकै रहेको उत्तर-पश्चिमी खैबर पख्तुनख्वा प्रान्तका रहेका छन्।

विपद् व्यवस्थापन प्राधिकरणले देशभरको बाढी पूर्वतयारीको समीक्षा गरेलगत्तै यो तथ्याङ्क सार्वजनिक गरेको हो। अधिकारीहरूले नदी तटीय क्षेत्रका बासिन्दालाई समयमै चेतावनी दिने, मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने र बाढीको जोखिमयुक्त क्षेत्रबाट स्थानान्तरण गराउने योजनाबारे छलफल गरेका छन्।

गत साता पाकिस्तानको सांस्कृतिक राजधानी लाहोरलगायतका क्षेत्रमा परेको भारी वर्षाका कारण कैयौँ बस्तीहरू जलमग्न भएका थिए, जसका कारण आवतजावत प्रभावित बनेको थियो। स्थानीय बासिन्दाले पानी जमेका सडक पार गर्दै गरेका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारको पूर्वतयारी र व्यवस्थापनमाथि प्रश्न उठाउँदै आलोचना गरेका थिए।

सम्बन्धित अधिकारीहरूले सन् २०२२ मा आएको सर्वनाशकारी बाढीजस्तै चरम मौसमी अवस्था दोहोरिन सक्ने सम्भावनालाई नकार्न नसकिने चेतावनी दिएका छन्। सन् २०२२ को बाढीले पाकिस्तानको करिब एक-तृतीयांश भूभाग डुबाउनुका साथै १,७३७ जनाको ज्यान लिएको थियो भने लाखौँ मानिस विस्थापित भएका थिए।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x