मन्त्री बादीद्वारा भृकुटीमण्डपको छड्के अनुगमन

काठमाडौं। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार बिहान भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन्।

सचिवालय र समाज कल्याण परिषद्को टोलीसहित भृकुटीमण्डप पुगेकी मन्त्री बादीले बजार, प्रदर्शनी क्षेत्र, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय तथा खुला र हरित क्षेत्रको अवस्थाबारे जानकारी लिइन्।

अनुगमनपछि मन्त्री बादीले भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन्। अध्ययनमा बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपांगतामैत्री पूर्वाधार, प्रदर्शनीस्थल, सार्वजनिक पुस्तकालय, पार्किङ, सरसफाइ र फोहोर व्यवस्थापनलगायत विषयलाई प्राथमिकता दिन भनिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x