बालेनको बयानः जेनजी आन्दोलन क्षतिको जिम्मा तत्कालीन सरकार र दलले लिनुपर्छ

काठमाडौं । काठमाडौंका महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साह (बालेन) ले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष दिएको बयानमा आफूले सिंहदरबार जलाइदिन्छु भन्ने शब्द प्रयोग नगरेको बताएका छन् ।

साथै उनले भदौ २३ र २४ गते आफू सरकारी निवास लैनचौरमा रहेको र २३ गतेको शान्तिपूर्ण र्‍यालीमा आफ्नो समर्थन भए पनि आन्दोलनमा सहभागी नरहेको बयान दिएका छन ।

उनले बयानमा भनेका छन, ‘२३ गते स्थिति तनावपूर्ण हुँदै गएका बेला सञ्चारमाध्यमबाट थाहा पाएँ’ ‘व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो ।’

उनले आन्दोलनमा जनधनको रक्षाका लागि सामाजिक सञ्जालबाट संयमता अपनाउन अपिल गरेको र घटनापश्चात् महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरेर घाइते र मृतकहरूलाई सहयोग गरेको पनि जनाएका छन् ।

‘२४ गतेको घटना दुःखद थियो र २३ गतेको सरकारको अत्यधिक बल प्रयोग र आतङ्कवादी शैलीको नतिजा हुनसक्छ’, बालेनले बयानमा भनेका छन्, ‘२४ गते कामनपाले समयमै दमकल पठाएको थियो ।’

उनले तत्कालीन सरकारले अपराध र आतङ्कवादी क्रियाकलाप गरेको भन्दै सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलहरूले लिनुपर्ने बताएका छन् ।

जनआस्थाबाट सौजन्यस्वरुप प्राप्त प्रतिवेदनमा काठमाण्डू महानगरको फोहोर बोक्ने गाडी बन्चरे डाँडा जाँदै गर्दा अनावश्यक रूपमा रोकेपछि विरोधस्वरुप मेटाफोरका रूपमा फेसबुकमा अभिव्यक्ति दिए पनि ‘जलाई दिन्छु’ शब्द प्रयोग नभएको दावी गरेका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x