लागुऔषधसहित देशभरबाट १४ जना पक्राउ

काठमाडौँ । प्रहरीले नियमित गस्तीका क्रममा देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ परेकाहरूसँगबाट खैरो हेरोइन र गाँजाका साथै चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम र टापेन्टाडोल बरामद भएको छ।

पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी तीन–तीन जना तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मुग्लिङ पुलजिप र चितवनको भरतपुर महानगरपालिका–१ बाट पक्राउ परेका छन्। मोरङको विराटनगर महानगरपालिका–१९ स्थित मिलन चोकबाट दुई र स्याङ्जाको वालिङ नगरपालिका–१ स्थित रामबाच्छा ठाटीबाट पनि दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ।

बाँकी पक्राउ परेकाहरूमा झापाको हल्दीबारी गाउँपालिका–२ पग्लाबारी गाउँ, मोरङकै जहदा गाउँपालिका–६ पोखरीया चोक, कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुना र सुनसरीको इटहरी उपमहानगरपालिका–७ बज्राहाबाट एक–एक जना समावेश छन्।

पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ।

Shares
5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x