चार दिनको गिरावटपछि सेयर बजारमा सामान्य सुधार

काठमाडौँ । लगातार चार दिनसम्म ओरालो लागेको सेयर बजारमा मंगलबार अलिकति सुधार देखिएको छ। बजार परिसूचकमा सामान्य अंक वृद्धि भए पनि कारोबार रकम भने घटेको छ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा ८.७८ अंकले बढ्दै २७१२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बजार ३४ अंकले घटेको थियो।

दिनभरको कारोबार क्रममा नेप्से केही समयका लागि २७२५ अंकसम्म पुगे पनि उक्त स्तरमा टिक्न सकेन। २७२५ अंक नै आजको उच्चतम बिन्दु बनेको छ।

कारोबार रकमतर्फ भने गिरावट आएको देखिएको छ। अघिल्लो दिन ४ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज घटेर ३ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x