युवा संलग्नता बढ्नु सकारात्मक, स्थायित्व आवश्यक रहेको पूर्वराजा ज्ञानेन्द्रको भनाइ

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको संलग्नता बढ्दै जानु सकारात्मक पक्ष भएको बताएका छन्। नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले समसामयिक राजनीतिक अवस्थाबारे धारणा व्यक्त गरेका छन्।

उनले शिक्षित, देशबारे जानकार तथा आधुनिक प्रविधिमा अभ्यस्त युवाको सहभागिताले राज्य सञ्चालनमा योगदान पुग्ने बताएका छन्। साथै, निरन्तर नयाँ विकल्पको खोजी गर्ने प्रवृत्तिले दीर्घकालीन स्थायित्वमा प्रभाव पार्ने विषय पनि उल्लेख गरेका छन्।

शाहले भने, ‘राजनीतिक राज्यपद्दति र शासन प्रणालीमा हामीले निकै हेरफेर हेर्‍यौँ, तर कोरा परिवर्तन मात्र भयो । दलदलको खलबलमा धेरै दुगुर्‍यौँ तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्‍यौँ । सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्रै हामी लाग्यौँ । फलस्वरूप हाम्रो देश प्रयोगशाला मात्रै भयो । स्थिरता, निरन्तरता र दृढता कताकता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्र समग्र स्थिति राम्रो बन्ने रहनेछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ।’

उक्त सन्देशमा उनले विगतका राजनीतिक परिवर्तन र तिनका परिणामप्रति संकेत गर्दै संस्थागत स्थायित्व, निरन्तरता र नीतिगत दृढताको आवश्यकता औँल्याएका छन्।

भिडियो सन्देशमा उनलाई ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाह’ भनेर उल्लेख गरिएको छ। यस सन्देशमार्फत उनले समसामयिक राजनीतिक अभ्यास र त्यसको प्रभावबारे धारणा सार्वजनिक गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x