फोन विवादले उग्र रूप लिँदा पाटन दरबारमा दाजुभाइको हत्या

काठमाडौँ । ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ। झापा घर भई ललितपुर बसोबास गर्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुर जिल्ला प्रहरी परिसरका एक अधिकारीका अनुसार हत्यामा संलग्न सञ्जीव नेपालीलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार सिर्जन नेम्वाङले अर्को व्यक्तिको नम्बर ठानेर डायल गर्दा सञ्जीव नेपालीको नम्बरमा फोन गएको थियो।

फोनमार्फत भएको भनाभन पछि दुवै पक्षबीच भेटेरै कुरा गर्ने सहमति भएको थियो। सोही क्रममा बुधबार दिउँसो करिब ४ बजेतिर पाटन दरबार क्षेत्रमा भेट हुँदा विवाद चर्किँदै जाँदा सञ्जीव नेपालीले छुरा प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएका दाजुभाइलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो। उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटना भएको केही मिनेटभित्रै संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x