रसुवा बाढी सङ्कट: मृतकको सङ्ख्या ९०३ पुग्यो, हजारौँ सुरक्षाकर्मी उद्धारमा व्यस्त

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार (१५ भदौ) जारी गरेको अद्यावधिक विवरणअनुसार बाढीमा परी २६७ जना घाइते भएका छन् भने ४ हजार ३४७ जना नागरिक अझै सम्पर्कविहीन छन्।

भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा आएको यो भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायतका जिल्लाहरू प्रभावित भएका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित कुल २० हजार ८९९ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। विपद्मा फसेका १० हजार ४५९ जना नागरिकको सफलतापूर्वक उद्धार गरिसकिएको छ।

हवाई उद्धारतर्फ नेपाली सेनाले हेलिकप्टरमार्फत ४११ पटक उडान भरेर ३ हजार ३४४ नेपाली नागरिक र २५२ जना विदेशी नागरिकको उद्धार गरेको छ।

सरकारले बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको रसुवा जिल्लालाई रु १ करोड, नुवाकोटलाई रु १ करोड र धादिङलाई रु ५० लाख नगद राहत सहयोग उपलब्ध गराएको छ। यसका साथै बाढीबाट प्रभावित १५ वटा स्थानीय तहहरूलाई कुल रु ६ करोड ७५ लाख निकासा गरिएको छ। प्रभावित तटीय क्षेत्रहरूमा खाद्यान्न, गैरखाद्यान्न सामग्री, आवश्यक औषधि तथा अन्य स्वास्थ्य सामग्रीहरू निरन्तर पठाइइरहेको प्राधिकरणले जनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x