नवलपुर (नवलपरासी) – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम विजयी भएका छन्।
गौतमले ५० हजार ९४५ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पछि पार्दै निर्वाचन जितेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गरे ।
यस्तै, नेकपा ९एमाले० का भागिरथ सापकोटा ९ हजार १३१ मतसहित तेस्रो स्थानमा रहे। श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले १ हजार ७०२ मत प्राप्त गरे। गौतमको यो जितलाई क्षेत्रमा रास्वपाप्रति बढ्दो जनसमर्थनको रूपमा हेरिएको छ।








