गुरुङलाई गृहमन्त्रीमा फर्काउन मिल्ने गरी छानबिन समितिको प्रतिवेदन तयार

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङविरुद्ध गरिएको छानबिन पूरा गर्दै सम्बन्धित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। गुरुङलाई गृहमन्त्रीमा फर्काउन मिल्ने गरी छानबिन समितिको प्रतिवेदन तयार पारिएको बुझिएको छ ।

उच्चस्तरीय छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले अनुसन्धान प्रक्रिया सम्पन्न गरी तयार गरिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन्। समितिले तयार पारेको प्रतिवेदन ४५ पृष्ठ लामो रहेको जनाइएको छ।

समितिले अनुसन्धानको क्रममा गुरुङसँग बयान लिएको थियो। बयान अघि आरोपसँग सम्बन्धित विषयमा विभिन्न सरोकारवाला निकायसँग जानकारी संकलन गर्नुका साथै सम्पत्ति विवरणसमेत विश्लेषण गरिएको बताइएको छ।

मन्त्रिपरिषद्को २८ वैशाखको निर्णयअनुसार गठित समितिमा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेका थिए भने महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्यका रूपमा रहेका थिए।

समितिले अनुसन्धानका क्रममा सम्बन्धित क्षेत्रसँग आवश्यक परामर्श, तथ्य संकलन तथा सम्पत्ति विवरणको सूक्ष्म अध्ययनसमेत गरेको जनाइएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x