काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा ६० देखि ६५ प्रतिशत मत खसेको अनुमान, आजै मतगणना थालिने

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५:०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–-६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।

खसेको मतको यकिन हुन केही समय लाग्ने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिएका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x