दरबार हत्याकाण्डको पुनः छानबिनको माग

काठमाडौँ । दरबार हत्याकाण्डबारे लामो समयदेखि उठ्दै आएका प्रश्नहरूलाई ध्यानमा राख्दै पुनः निष्पक्ष र विश्वसनीय छानबिनको आवश्यकता रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले धारणा सार्वजनिक गरेका छन्।

उनले घटनासँग सम्बन्धित उच्च पदस्थ व्यक्तिहरूको भूमिका र जानकारीसमेत औपचारिक रूपमा अभिलेखीकरण गर्नुपर्ने बताएका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तत्कालीन राजनीतिक तथा प्रशासनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूबाट पनि आवश्यक परे विवरण लिन सकिने बताएका हुन्। उनले विशेष गरी त्यस समय गृहमन्त्रीको जिम्मेवारीमा रहेका तथा हाल राष्ट्रपति पदमा रहेका रामचन्द्र पौडेलसँग समेत घटनासम्बन्धी जानकारी लिनुपर्ने सुझाव दिएका छन्।

उनका अनुसार दरबार हत्याकाण्डबारे अझै पनि विभिन्न कोणबाट प्रश्न उठिरहेकाले घटनाको सत्य तथ्य उजागर गर्न स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन संयन्त्र आवश्यक छ। उनले पूर्व राजपरिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै न्याय प्रणालीप्रति आम नागरिकको विश्वास कमजोर भएको टिप्पणी पनि गरेका छन्।

शाहीले सार्वजनिक गरेको अभिव्यक्तिमा उक्त घटनासँग सम्बन्धित समयमा जिम्मेवारी सम्हालेका व्यक्तिहरूको अनुभव, दृष्टिकोण वा उपलब्ध जानकारी छानबिन प्रक्रियामा उपयोगी हुन सक्ने उल्लेख गर्दै आवश्यक परे उनीहरूको औपचारिक बयान लिन सम्बन्धित निकायले विचार गर्नुपर्ने धारणा राखिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x