रवि लामिछानेको अभियोग संशोधन मुद्दामा सुनुवाइ स्थगित

काठमाडौँ । रवि लामिछानेसँग सम्बन्धित अभियोग संशोधन मुद्दामा सर्वोच्च अदालतको सुनुवाइ थप समयका लागि सारिएको छ। लगातार चार दिनसम्म बहस चलेपछि अदालतले सम्बन्धित कागजात झिकाउन आदेश दिँदै अर्को मिति तोकेको हो।

न्यायाधीश शारङगा सुवेदी र सुनिल पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताबाट माघ २ गते जारी गरिएको टिप्पणी आदेशको प्रतिलिपि उपलब्ध गराउन निर्देशन दिएको छ। सो आदेश प्राप्त भएपछि मात्र मुद्दाको थप सुनुवाइ अघि बढ्ने जनाइएको छ।

यस प्रकरणमा महान्यायाधिवक्ता सबिता भण्डारीले प्रारम्भमा रवि लामिछानेका हकमा मात्र अभियोग संशोधनको स्वीकृति दिएकी थिइन्। तर पछि उक्त निर्णय सच्याउँदै अन्य अभियुक्तहरूको हकमा पनि संशोधन स्वीकृत गरिएको विवरण सार्वजनिक भएको छ।

अदालतले उक्त मुद्दालाई आगामी चैत ९ गतेका लागि पुनः पेशीमा राखेको छ। साथै, सुनुवाइका क्रममा निष्पक्षता सुनिश्चित गर्न ‘हेर्न नमिल्ने’ न्यायाधीश समावेश नभएको इजलासमा प्रस्तुत गर्न पनि निर्देशन दिइएको छ।’

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x