मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका र इरान सम्झौता नजिक, ‘स्ट्रेट अफ हर्मुज’ खुल्ने ट्रम्पको घोषणा

तेहरान। संयुक्त राज्य अमेरिका र इरान मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने एउटा महत्त्वपूर्ण सम्झौताको नजिक पुगेका छन्। विश्व तेल बजारमा ठूलो अवरोध पुर्‍याइरहेको यो द्वन्द्व रोक्न दुवै पक्ष सहमतिको अन्तिम चरणमा पुगेको संकेत मिलेको हो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वले छिट्टै सकारात्मक समाचार पाउने बताए लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्ने विषयमा सम्झौता भएको घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा अघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी टेलिभिजनमार्फत तेहरानको धारणा सार्वजनिक गरेका थिए। बघाईले वासिङ्टनसँग ‘मेलमिलापको शृङ्खला’ को सम्भावना रहे पनि महत्त्वपूर्ण मुद्दाहरूमा पूर्ण सम्झौता भइसकेको भन्नु अहिल्यै हतार हुने स्पष्ट पारे। आगामी ३० देखि ६० दिनभित्र अन्तिम सम्झौता हुनुअघि इरानको प्राथमिकता र प्रक्रियाबारे उनले भने:

“सबैभन्दा पहिले समझदारी पत्र, एक प्रकारको मस्यौदा तयार पार्ने हाम्रो मनसाय छ।”

यो सम्झौतालाई निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय स्तरमा तीव्र कूटनीतिक छलफल भइरहेको छ। यसै सिलसिलामा अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, इजिप्ट, जोर्डन र बहराइनका नेताहरूका साथै टर्की र पाकिस्तानका प्रतिनिधिहरूसँग गहन कुराकानी गरेका थिए।

गत अप्रिलमा अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच भएको ऐतिहासिक प्रत्यक्ष भेटवार्तामा मध्यस्थता गरेको पाकिस्तानले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सङ्केत गरेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले चाँडै नै अर्को चरणको वार्ता आयोजना गर्ने आशा व्यक्त गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x