नयाँ शिक्षा ऐनका लागि सुझाव सङ्कलन गर्न ‘शिक्षा संवाद’ कार्यक्रम जारी: मन्त्री पोखरेल

धनगढी। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रूपमा सम्बोधन हुने गरी ‘शिक्षा संवाद’ कार्यक्रमबाट सुझाव सङ्कलन भइरहेको बताएका छन्।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री पोखरेलले अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन र नियमावलीका लागि यो कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। “नयाँ विद्यालय शिक्षा ऐन तथा नियमावलीका लागि सातै प्रदेशमा आएका सुझाव सङ्कलन भइरहेको छ,” मन्त्री पोखरेलले भने।

सात दिनअघि कोशी प्रदेशबाट सुरु भएको यो अभियान हालसम्म मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा पनि आयोजना भइसकेको उनले बताए।

शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगी शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारसम्बन्धी नीतिमा समावेश गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिरहेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x