शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ

काठमाडौँ । सरकारी निर्माण कार्य समयमै सम्पन्न नगरेको आरोपमा एक निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार सहरी विकास मन्त्रालयको अनुरोधपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

मन्त्रालयले पटक-पटक निर्देशन तथा ताकेता गर्दा पनि कम्पनीले जिम्मेवारीमा रहेका सरकारी ठेक्काका काम पूरा नगरेपछि कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x