अस्ट्रेलियाको जनसङ्ख्या २ करोड ८० लाख पुग्यो, सन् २०३१ सम्ममा ३ करोड पुग्ने अनुमान

क्यानबेरा । अस्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले जनसङ्ख्या वृद्धिको वर्तमान प्रवृत्तिका आधारमा देशको कुल जनसङ्ख्या यो विन्दुमा पुगेको अनुमान सार्वजनिक गरेको हो। यसअघि सन् २०२४ मा दुई करोड ७० लाख नाघेको अस्ट्रेलियाको जनसङ्ख्याले करिब दुई वर्षको अवधिमा यो नयाँ रेकर्ड कायम गरेको एबिएसको तथ्याङ्कले देखाउँछ।

तथ्याङ्क ब्युरोका अनुसार हाल अस्ट्रेलियामा औसतमा प्रत्येक ५९ सेकेन्डमा एक जना विदेशी नागरिक भित्रिने गर्छन् भने प्रत्येक दुई मिनेट १६ सेकेन्डमा एक शिशुको जन्म हुने गर्दछ। यसै गरी देशमा प्रत्येक तीन मिनेट ३३ सेकेन्डमा एक जनाको मृत्यु हुने र प्रत्येक दुई मिनेट ३५ सेकेन्डमा एक जना बासिन्दा स्थायी रूपमा अस्ट्रेलिया छोडेर विदेशिने गरेको प्रक्षेपण गरिएको छ।

यही जनसङ्ख्या वृद्धिको गति कायम रहेमा सन् २०३१ सम्ममा अस्ट्रेलियाको कुल जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको छ। यसैबिच, ब्युरोले सन् २०२१ पछिको पहिलो राष्ट्रिय जनगणना आगामी अगस्ट महिनामा सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको समेत जनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x