गगन थापा र शेखर कोइरालाबीच एक घण्टा छलफल

काठमाडौँ । कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरूपण भएपछि पहिलोपटक दुई नेताबीच भेटवार्ता भएको हो ।

सभापति गगन थापाले शीर्ष नेताहरूसँग अलग-अलग भेटघाटमार्फत सहमतिको वातावरण बनाउने प्रयास थालेका छन्।

सोही क्रममा उनले आज नेता शेखर कोइरालासँग विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट गरी करिब एक घण्टा छलफल गरेका छन्। भेटमा पार्टीभित्रका वर्तमान विवाद तथा आगामी रणनीतिबारे विचार आदान–प्रदान भएको जनाइएको छ।

यसैबीच थापाले आजै अर्को नेतासँग पनि छलफल गर्ने तयारी गरेका छन्। प्रवक्ता देवराज चालिसेका अनुसार उनले नेता पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

थापाले यसअघि खड्कासँग एक पटक छलफल गरिसकेका छन् भने कोइरालासँग भने यो पहिलो औपचारिक भेट भएको बताइएको छ। पार्टीलाई एकताबद्ध गर्दै आगामी महाधिवेशनसम्म लैजाने उद्देश्यसहित सभापतिले संवाद प्रक्रिया अघि बढाएको प्रवक्ताको भनाइ छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x