विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघद्वारा ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले राजधानीमा ऐक्यबद्धता पदयात्रा आयोजना गरेको छ।

‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने मूल नारासहित आयोजित कार्यक्रम माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस स्वतन्त्रताको अवस्था सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन्।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारको अभिन्न अंग भएकाले त्यसमा अवरोध उत्पन्न भए आयोग संरक्षणका पक्षमा उभिने बताएका छन्।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस र अभिव्यक्ति स्वतन्त्रता संविधानद्वारा सुनिश्चित मौलिक अधिकार भएकाले त्यसलाई संकुचित गर्न नहुने धारणा व्यक्त गरिन्।

त्यसैगरी नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले प्रेस स्वतन्त्रतामाथि कुनै प्रकारको अवरोध आए कानुनी सहायता उपलब्ध गराउनुका साथै स्वतन्त्र अभिव्यक्तिको पक्षमा नैतिक समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x