जनकपुरधाम । मधेस प्रदेशसभाको सातौँ अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको छ।
गत जेठ १ गतेदेखि सुरु भएको अधिवेशन अन्त्यसँगै यस अवधिका संसदीय गतिविधि औपचारिक रूपमा समाप्त हुनेछन्। आगामी अधिवेशन आवश्यकताअनुसार संवैधानिक प्रक्रियामार्फत आह्वान गरिने जनाइएको छ।








