मध्य–पूर्व र युक्रेन संकटबारे छलफल गर्न रूसी विदेशमन्त्री बेइजिङमा

रूसी विदेशमन्त्री सर्गेइ लाभरोभ मध्य–पूर्वमा जारी युद्धको तनाव कम गर्ने र क्षेत्रीय शान्तिका लागि सहकार्य गर्ने उद्देश्यका साथ चिनियाँ राजधानी बेइजिङ पुगेका छन्। रूसी विदेश मन्त्रालयका अनुसार लाभरोभले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय सम्बन्धको विकास, विभिन्न क्षेत्रमा आपसी सहयोग, र युक्रेन युद्धका साथै मध्य–पूर्वको वर्तमान अवस्थाबारे गहन छलफल गर्ने कार्यक्रम रहेको छ। बेइजिङले कूटनीतिक सक्रियता बढाउँदै मङ्गलबार भियतनामका नेता टो लाम र अबु धाबीका राजकुमार मोहम्मद बिन जायद अल नाह्यानसहित युद्ध प्रभावित क्षेत्रका अन्य नेतृत्वहरूलाई पनि संवादका लागि आमन्त्रण गरेको छ।

यसैबीच, चिनियाँ प्रधानमन्त्री ली किआङले संयुक्त अरब इमिरेट्सका नेतासँगको भेटमा खाडी क्षेत्रमा शान्ति पुनस्र्थापनाका लागि चीन थप रचनात्मक भूमिका खेल्न तयार रहेको उल्लेख गरेका छन्। सन् २०२२ मा युक्रेनमा रूसको सैन्य कारबाही सुरु भएयता मस्को र बेइजिङबीचको आर्थिक तथा राजनीतिक सम्बन्ध झनै मजबुत बनेको छ। यसअघि गत अप्रिल ५ मा भएको फोन वार्तामा पनि दुवै पक्षले मध्य–पूर्वको तनाव व्यवस्थापनमा मिलेर काम गर्ने सहमति जनाएका थिए, जसलाई लाभरोभको यो भ्रमणले थप मूर्त रूप दिने अपेक्षा गरिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x