इरान–अमेरिका शान्तिवार्ता: इरानी विदेशमन्त्री अरागची शुक्रबार पाकिस्तान जाने

तेहरान । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने प्रयास स्वरूप इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच पाकिस्तानको मध्यस्थतामा शान्तिवार्ता हुने निश्चित भएको छ। यस दोस्रो चरणको वार्ताका लागि इरानी विदेशमन्त्री अब्बास अरागची शुक्रबार पाकिस्तान प्रस्थान गर्ने इरानको सरकारी सञ्चारमाध्यम इर्नाले पुष्टि गरेको छ।

पाकिस्तानी अधिकारीहरूले वार्ताको खुलासा गरेपछि इर्नाले विदेशमन्त्री अरागची शुक्रबार बेलुकी इस्लामाबाद, मस्कट र मस्कोको भ्रमणमा निस्कने जानकारी सार्वजनिक गरेको हो। इरानी सञ्चारमाध्यमका अनुसार यो भ्रमणको मुख्य उद्देश्य द्विपक्षीय परामर्श गर्ने, क्षेत्रीय सुरक्षाका पछिल्ला गतिविधिबारे छलफल गर्ने र इरानविरुद्ध अमेरिका तथा इजरायली पक्षबाट भइरहेका सैन्य मुठभेडको अवस्था समीक्षा गर्नु रहेको छ।

लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका वासिङ्टन र तेहरानबीच इस्लामाबादमा हुन लागेको यो वार्तालाई मध्यपूर्वमा बढ्दो क्षेत्रीय युद्धको जोखिम न्यूनीकरण गर्ने एक महत्त्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ। पाकिस्तानले यसअघि पनि दुई देशबीच मध्यस्थकर्ताको भूमिका खेल्न इच्छा देखाउँदै आएको थियो। यो वार्ताले क्षेत्रमा जारी सैन्य तनावलाई कूटनीतिक निकास दिने अपेक्षा गरिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x