मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको बताएका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले उनलाई बिहीबार बिहान थुनामुक्त गरेपछि यस्तो बताएका हुन्। ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु’, उनले भनेका छन्।

उनले रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गरेका छन्।

उनले आफू तत्काल अस्पतालमा रहने पनि जानकारी गराएका छन्। ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँछु’, उनले लेखेका छन्।

साथै ओलीले आफ्नो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्ने माग गरेका छन्। यदि राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने पनि जानकारी गराएका छन्।

जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको सिफारिस कार्यान्वयन गर्ने भन्दै सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई चैत्र १४ गते पक्राउ गरेको थियो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x