निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, सरकार गठन प्रक्रियाको मार्ग प्रशस्त

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको मत परिणाम समेटिएको समग्र प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ। बिहीबार आयोगका पदाधिकारीहरू शीतल निवास पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयुक्तहरू डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको जनाइएको छ।

आयोगले प्रतिवेदन बुझाएसँगै संवैधानिक प्रक्रिया अनुसार संसद् अधिवेशन आह्वान तथा नयाँ सरकार गठनको मार्ग खुला भएको छ। अब राष्ट्रपतिले उक्त प्रतिवेदन अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x