मध्यपूर्वमा रहेका नेपालीको लागि एनआरएनएले बनायो १ करोड रुपैयाँको कोष

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष डा. हेमराज शर्माले संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम एक करोड रुपैयाँ संकलन गर्ने र सो विशेष टास्क फोर्सको योजनाअनुसार र मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गर्ने बताए । उनले हाल संघमा करिब एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय पनि बैठकले गरेको जनाएका छन् ।

उनले भने ‘मध्यपूर्वमा जाने गैरआवासीयन नेपाली नागरिकको लागि हामीले एक करोड रुपैयाँको कोष स्थापना गरेका छौँ । र आज नै फण्ड रिलिज पनि गरेका छौँ । संघको कार्यसमितिका पदाधिकारीहरू तथा सदस्यबाट कम्तीमा पनि एक करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ । अहिले युद्धका कारणले मध्यपूर्वमा रहेका नेपालीलाई कसरी सहयोग गर्ने भनेर हामीले एउटा टास्क फोर्स बनाएका छौँ । त्यसले हामीलाई योजना दिइसकेपछि आवश्यकताअनुसार कोषको रकम प्रयोग गर्ने भन्ने निर्णय गरेका छौँ ।’

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x