काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन–२ का सांसद रवि लामिछानेले गत प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
लामिछानेले चितवनस्थित जिल्ला निर्वाचन कार्यालयमा आयोगले तोकेको ढाँचा र आचारसंहिता अनुसार विवरण पेश गरेका हुन्। उनका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीले सो विवरण बुझाएकी हुन् ।
बुझाइएको विवरणअनुसार लामिछानेले चुनावी अभियानमा कूल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेको देखाइएको छ।








