रास्वपालाई चुनावी सफलताको लागि बेलायतले दियो बधाई

काठमाडौँ । बेलायतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चुनावमा पाएको सफलताको बधाई दिएको छ। नेपालस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत ऐतिहासिक चुनावमा पाएको सफलता भन्दै रास्वपालाई बधाई दिएको हो। दूतावासले भनेको छ, ‘हामी हाम्रो अरु सयवर्षे मित्रता बनाउन अब बन्ने सरकारसँग मिलेर काम गर्नेछौँ।’

पाकिस्तानद्वारा बधाई
पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री इशाक दारले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन् ।

पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्त्व दिने उल्लेख गर्दै उनले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

पाकिस्तानका उपप्रधानमन्त्रीले आफ्ना समकक्षी तथा नेपालमा बन्ने नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धनका लागि मिलेर काम गर्ने सन्देशमा उल्लेख गरेका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x