मोदीको पोस्टमा बालेनको प्रतिक्रिया : ‘नेपाल-भारत सम्बन्धलाई परिणाममुखी बनाउने विश्वास’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझ सुदृढ र परिणाममुखी बनाउने दिशामा सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचन सफलताका लागि बधाई दिएको जानकारी सार्वजनिक गरेपछि बालेनले सोही पोस्टमा प्रतिक्रिया जनाएका हुन्।

मोदीले फेसबुकमा लेख्दै निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताका लागि दुवै नेतालाई बधाई दिँदै नयाँ बन्ने सरकारलाई शुभकामना व्यक्त गरेका थिए। साथै भारत सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि सहकार्यको प्रतिबद्धता पनि उल्लेख गरिएको थियो।

मोदीको उक्त पोस्टमा प्रतिक्रिया दिँदै झापा-५ बाट निर्वाचित तथा पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेनले शुभकामनाका लागि आभार व्यक्त गरेका छन्। उनले नेपाल-भारतबीचको ऐतिहासिक, घनिष्ठ र बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै परिणाममुखी सहकार्य अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

यसै क्रममा उनले लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएको अवसरमा भारत सरकार र भारतीय जनतालाई पनि बधाई दिएका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x