‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने

काठमाडौँ । पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी र महत्वपूर्ण भएको बताएका छन्।

करिब एक घण्टा चलेको उक्त भेटलाई उनले उपयोगी संवादको रूपमा व्याख्या गर्दै नेपाल-भारत सम्बन्धलाई विकास-कूटनीतिक नयाँ चरणतर्फ अघि बढाउने विषयमा गहिरो छलफल भएको जानकारी दिएका छन्। उनका अनुसार दुवै पक्षले पुराना अवरोधहरूलाई पार गर्दै सहकार्यलाई नयाँ ढाँचामा अघि बढाउन सकिनेमा सहमति जनाएका छन्।

भेटका क्रममा साझा सांस्कृतिक सम्बन्ध, डिजिटल कनेक्टिभिटी र सीमा-पार पूर्वाधार जस्ता विषयमा केन्द्रित भएर आपसी विश्वासमा आधारित साझेदारी विस्तार गर्न सकिने सम्भावनाबारे विचार आदानप्रदान भएको जनाइएको छ।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीको अभिव्यक्तिलाई उद्धृत गर्दै नेपाल र भारतबीच विकास-कूटनीतिक नयाँ युग सुरु गर्नुपर्ने दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गरेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई देशका जनताका लागि साझा समृद्धि हासिल गर्न यी सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्ने चाहना व्यक्त गरेको पनि बताएका छन्।

लामिछानेले भेटपछि प्रतिक्रिया दिँदै साझा सभ्यतागत सम्बन्धलाई मजबुत बनाउँदै डिजिटल पूर्वाधार र सहज आवागमनमार्फत आपसी सहयोगलाई अझ प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x