लोकतान्त्रिक प्रक्रियामा हारजित स्वाभाविक हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आमनिर्वाचनमा आफ्नो हारको मुख्य कारण जनतामा आएको परिवर्तनको लहर भएको बताएका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिन आचार्यसँग पराजित हुने निश्चित भएपछि उनले यस्तो धारणा राखेका हुन् ।

निर्वाचनको परिणामलाई सहज रूपमा स्वीकार गर्दै पोखरेलले विजयी उन्मुख आचार्यलाई बधाई समेत दिए । उनले सामाजिक सञ्जालमार्फत आमनिर्वाचन २०८२ को जनादेश रास्वपाको पक्षमा आएको उल्लेख गरे । जनताले नयाँ शक्तिबाट केही सकारात्मक परिवर्तन हुने आशा र विश्वासका साथ मत दिएको उनको भनाइ छ ।

पोखरेलले रास्वपाका प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहसहित निर्वाचित हुने सम्पूर्ण प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना दिए । उनले भने, ‘जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएका छन् । जनविश्वासअनुरूप अघि बढ्न विजयी सबैलाई सफलता मिलोस् ।’

आफ्नो हारको समीक्षा गर्दै उनले पार्टीका नेता तथा कार्यकर्ताले चुनाव जित्नका लागि निकै मिहिनेत गरे पनि परिवर्तनको तीव्र लहरका कारण नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । हारबाट विचलित नहुन आग्रह गर्दै उनले आफ्ना समर्थक र कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ अघि बढ्न र निराश नहुन समेत आह्वान गरे ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x