Edit Content

तपाइको सुझाब, गुनासो लेख भएमा info@r2inepal.com  इमेल गर्नुहोला 

Edit Content

तपाइको सुझाब, गुनासो लेख भएमा info@r2inepal.com  इमेल गर्नुहोला 

मध्यपूर्वका १२ देशका लागि श्रम स्वीकृति हाललाई स्थगित गर्ने निर्णय

काठमाडौँ । मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक रोजगारीका लागि प्रदान गर्दै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गर्ने निर्णय भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार वैदेशिक रोजगार विभागले यस सम्बन्धमा सूचना जारी गरेको हो।

विभागका अनुसार, क्षेत्रीय अस्थिरतालाई दृष्टिगत गर्दै साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि रोकिनेछ।

अमेरिका र इजरायलबीच इरानसँग सुरु भएको सैन्य तनाव चर्किँदै गएपछि उक्त निर्णय गरिएको जनाइएको छ। हाल इरानले मध्यपूर्वका विभिन्न देशस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको अवस्थालाई समेत ध्यानमा राख्दै सरकारले सावधानी अपनाएको हो।

युद्धजन्य परिस्थितिको विस्तारसँगै जोखिम व्यवस्थापनका उपायस्वरूप श्रम स्वीकृति रोकिएको सरकारी पक्षको भनाइ छ।

परराष्ट्र मन्त्रालयका अनुसार, मध्यपूर्व क्षेत्रमा करिब १७ लाख २९ हजार २८८ नेपाली कार्यरत छन्। तीमध्ये इरानमा ६, इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, यूएईमा करिब ७ लाख, लेबनानमा १ हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन्।

सरकारले विकसित परिस्थितिको निरन्तर मूल्यांकन गर्दै आवश्यकता अनुसार थप निर्णय लिने जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x