महिलामाथि दुर्व्यवहार गरेको आरोपमा रास्वपाका नेता पक्राउ

काठमाडौँ । महिलामाथि हातपात र कुटपिटको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही पक्राउ परेका छन्।

शाहीलाई जेठ १६ गते कुशे गाउँपालिका–६ स्थित स्वास्थ्य चौकीको भवनभित्र एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि शाहीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले नियन्त्रणमा लिई सात दिनको म्याद थप गरी हिरासतमा राखेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x