साैगात र सिर्जनाको प्रेम हुँदा सुहाना र प्रकाशबीच कुटाकुट 

आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परालको आगो’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरमा मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको घरझगडा देखिन्छ । मार्मिक ट्रेलरमार्फत चलचित्रको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा लिको निर्माणमा बनेको यस चलचित्रका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखेको यस चलचित्रमा छायाँकार सङ्कल्प भुजेल, नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ, रङ्ग संयोजक कनाल कुँवर रहेका छन्। त्यसै गरि फिल्मको भि ।एफ ।एक्स । समीर मिया, सत्यम रानाले गरेका हुन् भने टिजर र ट्रेलर साहिल खानले काटेका छन्। त्यसै गरी ५ ।१ मिक्सिङमा मुकेश शाहले गरेका छन् भने नगेन्द्र घिमिरे निर्माण संयोजनको काम गरेका छन्।

चलचित्रको गीतमा गीतकार मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुतले लेखेका छन् भने पाश्वं सङ्गीत किरण तुलाधर,सङ्गीत शान्ति ठटाल, सत्य–स्वरूप, प्रकाश सपुतको रहेको छ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा सङ्ग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि चलचित्र निर्देशन गरेका थिए।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x