मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको घोषणा

काठमाडौँ । एमाले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारी गरेको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गते भएको घटनाबारे तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेकोमा आपत्ति जनाउँदै आवश्यक परे अदालतसम्म जाने तयारीमा रहेको जानकारी गराएका छन ।

अदालत जानुअघि प्रतिवेदन पुनरावलोकन गर्न एमालेले आयोगलाई आग्रह समेत गर्ने भएको छ । महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा निष्कर्षका रूपमा विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी रणनीति तय गर्ने उल्लेख छ ।

‘मुलुकमा विकसित विभिन्न प्रकारका राजनीतिक, संवैधानिक तथा लोकतान्त्रिक आयामबारे विभिन्न राजनीतिक पार्टी तथा सरोकारवालासँग छलफल, संवाद र सहकार्यमार्फत साझा धारणा निर्माण गर्न वातावरण बनाउने’, एमालेले भनेको छ ।

त्यस्तै, आवश्यक परे मर्का परेको पक्षको तर्फबाट आयोगसमक्ष आपत्ति वा पुनरावलोकनको माग गर्ने तथा संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गर्ने र आवश्यक परे उपलब्ध कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने एमालेले जनाएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x