वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयले यस अवधिमा एक खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा ८८ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो।
कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा १३ अर्ब ३६ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ।
महिनावार राजस्व सङ्कलन:
- साउन – १८ अर्ब ४४ करोड
- भदौ – २० अर्ब ७३ करोड
- असोज – १९ अर्ब ९ करोड
- कात्तिक – १७ अर्ब ३३ करोड
- मङ्सिर – २० अर्ब ८० करोड
- पुस – २० अर्ब २० करोड
- माघ – १८ अर्ब ९२ करोड
- फागुन – १९ अर्ब ३४ करोड
भन्सार कार्यालयले आगामी महिनाहरूमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न आवश्यक प्रयास जारी राखेको जनाएको छ।








