इजरायली मन्त्रीद्वारा नेपाली समकक्षीको नियुक्तिमा बधाई

काठमाडौं — इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त भएकोमा बधाई दिएका छन्।

सारले सन्देश पठाई इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन खनालसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।

यहाँस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिँदै पारस्परिक हितका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन इजरायल प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x