नांगै बनाएर कुटपिट गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । सर्लाहीको कबिलासी नगरपालिकामा एक युवकलाई नांगै बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार फागुन २३ गते दिउँसो करिब ४ बजे कबिलासी नगरपालिका-१० स्थित चमेलीमाई मन्दिर पछाडिको फन पार्क क्षेत्रमा एक युवकलाई नांगै बनाएर कुटपिट गरिएको घटनामा संलग्न रहेको आरोपमा रोहित कुमार यादव पक्राउ परेका हुन्।

कबिलासी नगरपालिका-१० का स्थानीय राजेन कुमार यादवले फागुन २९ गते रोहित कुमार यादवसहितका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले रोहित कुमार यादवलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका यादवलाई फागुन २९ गतेदेखि लागू हुने गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य समेत जारी रहेको प्रहरीले जनाएको छ।

कुटपिटबाट चक्रघट्टा गाउँपालिका-९ निवासी राजकुमार यादवका १९ वर्षीय छोरा प्रमित कुमार यादव घाइते भएका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x