बाढीपीडितको राहतमा कर्मचारी सञ्चय कोषको २ करोड ५० लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कर्मचारी सञ्चय कोषले २ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, प्रशासक विजयकुमार श्रेष्ठलगायत वरिष्ठ अधिकारीले २ करोड ५० लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्लेले विपद्का समयमा कर्मचारी सञ्चय कोषले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।

कोष सञ्चालक समितिका अध्यक्ष बरालले प्राकृतिक विपद्, भूकम्प, महामारीलगायत राष्ट्रिय संकटका समयमा कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्दै आएको बताए। सोही निरन्तरताअन्तर्गत भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको उनले बताए।

कोषका प्रशासक श्रेष्ठले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। आगामी दिनमा पनि विपद् तथा राष्ट्रिय संकटका समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।

कर्मचारी सञ्चय कोषले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x